गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवन इजरायलको निशानामा
सारांश
- इजरायलले गाजा सहरको अल-कौथर टावरमा हवाई आक्रमण गर्यो, जसले भवनमा क्षति पुर्यायो।
- इजरायलले भवन हमासले प्रयोग गरेको र निगरानीका लागि प्रयोग भएको दाबी गरेको छ।
- इजरायलले हमासले नागरिक र भवनलाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।
रफाह । गत हप्तादेखि इजरायलले गाजाका आवासीय क्षेत्रहरूमा रहेका बहुतले भवनहरूलाई निशाना बनाएर हवाई आक्रमण गरिरहेको छ । सोहीअनुसार आइतबार इजरायलले गाजा सहरको तल अल–हवा क्षेत्रमा रहेको अल–कौथर टावरमा आक्रमण गरेको छ । हवाई आक्रमणमा सो भवनमा धेरै क्षति पुगेको छ ।
उक्त भवन हमासले प्रयोग गरिरहेको इजरायलको दाबी छ । सोही भवनबाट हमासका आतंककारीहरूले इजरायली सैनिकहरूमाथि निगरानी गर्ने र उनीहरूलाई हानी पुर्याउने योजना बनाइरहेको उसको आरोप छ । उक्त भवनमा जासुसी उपकरण र निगरानी चौकीहरू जडान गरिएको दाबी पनि इजरायलले गरेको छ ।
गाजा सहरमा आफ्ना गतिविधिहरूको लागि हमासले लामो समयदेखि आम मानिसहरू र उनीहरूका भवनहरूलाई ढालको रूपमा प्रयोग गरिरहेको इजरायलले बताउँदै आइरहेको छ । आम नागरिकलाई क्षति नपुगोस् भनेर अल–कौथर टावरमा हमला गर्नुअघि आफूहरूले चेतावनी दिएको इजरायली भनाइ छ । यो आक्रमणमा इजरायलले सटीक हतियार प्रयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण