पार्टी छोड्यो भनेर भन्न भ्याइसकेछन् : तोसिमा कार्की
आइतबार, २९ भदौ २०८२, १७ : ४०
सारांश
- डा. तोसिमा कार्कीले रास्वपा पार्टी छोड्ने हल्ला निराधार भएको बताएकी छिन्।
- उनले फेसबुक मार्फत पार्टी छोड्न लागेको आरोपको खण्डन गरेकी हुन्।
- पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले भने पार्टी छाडेको घोषणा गरेकी थिइन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले पार्टी छोड्न लागेको हल्ला निराधार भएको बताएकी छिन् । कार्कीले पनि पार्टी छोड्न लागेको भनेर चर्चा चलिरहेको बेला आइतबार फेसबुक मार्फत आरोपको खण्डन गरेकी हुन् ।
‘तोसिमाले पार्टी छोड्यो भनेर भन्न भ्याइसकेछन् । कम्तीमा मलाई त सोधनोस् । तोसिमाले के गर्छ वा गर्दैन भन्नुको साटो देश आज गम्भीर अवस्थामा रहेकाले के गर्न सक्छु भनेर सोच्नुहोला । यो देश हामीले सोच्दै नसोचेको अवस्थामा पुगेको छ । मानसिक र भावनात्मक रूपले विक्षिप्त भएको छ । शून्य अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सञ्चार माध्यमले अफवाह नफैलादिनोस्’, उनले भनिन् ।
आजै पूर्व शिक्षामन्त्री रहेकी सुमना श्रेष्ठले पार्टी छोडेकी घोषणा गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण