शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जेलबाट फरार चार कैदीबन्दी पक्राउ

आइतबार, २९ भदौ २०८२, २१ : ५३
आइतबार, २९ भदौ २०८२

सारांश

  • धनुषामा जेलबाट फरार भएका चार जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा नाइजेरिया र ब्राजिलका नागरिकहरू रहेका छन्।
  • उनीहरू भारतको विहारबाट पक्राउ परेका हुन्, जो नक्खु कारागारबाट भागेका थिए।

धनुषा । यहाँ जेलबाट फरार चार जनालाई प्रहरी पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले पक्राउ पर्नेमा सबै विदेशी नागरिक रहेको जानकारी दिए ।

पक्राउ पर्नेमा नाइजेरियन नागरिकहरू ३८ वर्षीय मो लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय इमनिउल ओगुडा उजिगवे र ब्राजिलका नागरिक २५ वर्षीय लारेसन ब्रिटो रहेको उनले बताए ।

उनीहरू ‘जेनजी’ आन्दोलन चर्केपछि भदौ २४ गते नक्खु कारागारबाट भागेको खुलेको छ । उनीहरूलाई भारत विहारको बासोपट्टि क्षेत्रबाट पक्राउ गरेर ल्याइएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप