शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सामा क्षतिको आङ्कलन गरिँदै : नेपाल टेलिकमको रु तीन करोड बराबरको नोक्सानी

सोमबार, ३० भदौ २०८२, ०६ : ५१
सोमबार, ३० भदौ २०८२

सारांश

  • गत हप्ताको आन्दोलनमा वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालयमा तोडफोड र आगजनीबाट ३ करोडको क्षति भयो।
  • भदौ २४ गतेको आन्दोलनमा प्रदर्शनकारीले टेलिकमको कम्प्युटर र प्रिन्टर लगायतका उपकरणमा क्षति पुर्‍याए।
  • पर्साका प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यालयमा भएको क्षतिको विवरण पारदर्शी बनाउन निर्देशन दिए।

वीरगन्ज । गत हप्ताको आन्दोलनबाट वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम वीरगन्जको कार्यालयमा तोडफोड र आगजनीबाट रु तीन करोड बराबरको क्षति भएको छ । 

यही भदौ २४ गतेको आन्दोलनको भीडको सबैभन्दा पहिलो निशानामा टेलिकम परेको थियो । नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहले अराजक समूहको भीडले टेलिकमको कम्प्युटर, प्रिन्टर्सलगायतका अन्य महत्त्वपूर्ण उपकरणमा करिब तीन करोड मूल्य बराबरको सामानको क्षति भएको जानकारी दिए । ‘‘प्रदर्शनकारीले घण्टाघरस्थित दुवै टेलिकमका कार्यालयमा आगजनी गरेका छन्,’’ उनले भने, ‘‘आगजनीबाट महसुल काउन्टरमा धेरै क्षति भएको छ ।’’

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्नका लागि निर्देशन दिएको छ ।  

‘‘जेनजी समूहको आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपूरणीय क्षति भएका छन्,’’ उनले भने, ‘‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउनको लागि निर्देश गरेको छु । मुचुल्का तयार पर्दा श्रव्य दृश्य र अन्य व्यवस्थित खालको तयार पार्न आग्रह गरेको छु ।’’ 

यहाँको वीरगन्ज महानगर, आन्तरिक राजस्व कार्यालय लगायतमा धेरै क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप