पदभारअघि कुलमानले घाइतेसँग भेट र ध्वस्त भौतिक संरचनाको अवलोकन गर्ने
सोमबार, ३० भदौ २०८२, ११ : ३३
काठमाडौं । नवनियुक्त मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि आन्दोलनका घाइतेसँग भेटघाट र ध्वस्त भौतिक संरचनाको अवलोकन गर्ने भएका छन् ।
राष्ट्रपति कार्यालयमा केही समयपछि मात्रै शपथ ग्रहण गर्न लागेका उनी सोपछि अस्पताल र भौतिक संरचनाको अवलोकनका लागि जाने भएका हुन् ।
घिसिङको सचिवालयका अनुसार उनले शपथ ग्रहणसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गएर घाइते तथा आफन्तसँग भेटघाट गर्नेछन् । सो क्रममा उनले आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछन् ।
त्यसपछि आफ्नो मन्त्रालय अन्तर्गत क्षति भएका भौतिक संरचनाको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । अन्तरिम मन्त्रिपरिषद्मा कुलमानलाई उर्जा जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण