साफ यू–१७ च्याम्पियनसीप : नेपालले श्रीलंकाको सामना गर्दै
सोमबार, ३० भदौ २०८२, १३ : ०८
सारांश
- आज, नेपालले साफ यू-१७ च्याम्पियनसीपको उद्घाटन खेलमा श्रीलंकासँग खेल्दैछ।
- खेल कोलम्बोको रेसकोर्स स्पोर्ट्स कम्प्लेक्समा नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ।
- नेपालले यसअघि श्रीलंकालाई हराएको इतिहास रहेको छ र उपाधि जित्ने लक्ष्य लिएको छ।
काठमाडौँ । साफ यू–१७ च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले आज (सोमबार) घरेलु टोली श्रीलंकासँग खेल्दैछ। कोलम्बोस्थित 'कोलम्बो रेसकोर्स स्पोर्ट्स कम्प्लेक्स' मा हुने यो खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ।
नेपाल आजको खेलमा सहज जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ। यसअघि नेपाल र श्रीलंकाबिच भएका चार खेलमा नेपालले नै जित हासिल गरेको छ।
नेपाली टोली हालसम्म चार पटक प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि जित्न सकेको छैन। नेपाल पछिल्लो पटक सन् २०२२ मा फाइनलमा पुगेको थियो। यसपटक भने टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण