कुलमानलाई मृतकका परिवारको गुनासो, ‘कहिलेसम्म भोलि भन्दै टार्ने हो ?’
काठमाडौँ । एकैसाथ ३ वटा मन्त्रालयको जिम्मेवारी लिनेगरी सोमबार राष्ट्रपतिबाट शपथ लिए लगत्तै शिक्षण अस्पताल महाराजगन्ज पुगेका मन्त्री कुलमान घिसिङसँग जेनजी आन्दोलनका मृतक परिवारले गुनासो पोखेका छन् ।
सो क्रममा जेनजी आन्दोलनमा ज्यान गुमाएका विनोद महर्जनका परिवारका सदस्यहरूले मन्त्री घिसिङलाई जनताको कुरा सुन्नुपर्ने भन्दै हतार गरेर नहिँड्न आग्रह गरे ।
आफूहरूले अहिलेसम्म सरकारसँग आफ्नो माग राख्न नपाएको उनीहरुको गुनासो थियो । 'सरकारले कहिलेसम्म भोलि भन्दै टार्ने हो ?' परिवारको गुनासो थियो ।
जवाफमा कुलमानले सबै मागहरु सम्बोधन हुने प्रतिबद्धता जनाए । यस्तै पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफ दिँदै उनले देशका लागि युवाले गरेको बलिदान खेर नजाने भन्दै देशले नयाँ रूप लिने बताए । घिसिङले उर्जासहित भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण