यी हुन् सबैभन्दा कम उमेरमा एमी जित्ने अभिनेता
लस एञ्जलस । नेटफ्लिक्सको मिनी–सिरिज एडोलेसन्सबाट चर्चित १५ वर्षीय ओवेन कूपरले इतिहास रचेका छन् । उनी एमी अवार्ड जित्ने सबैभन्दा कान्छो अभिनेता बनेका छन् ।
कूपरले ड्रामा सिरिज ‘एडोलेसन्स’बाट मुख्य अभिनेताको लागि एमी अवार्ड प्राप्त गरेका छन् । यति सानो उमेरमा कुनै कलाकारले यो अवार्ड पाएको यो नै पहिलो पटक हो ।
‘जतिबेला मैले नाटकका कक्षाहरू सुरु गरेको थिएँ, त्यतिबेला मैले अमेरिकासम्म आउला भनेर आशा समेत गरेको थिइनँ, यहाँ (एमी)सम्म आइपुग्ने कुरा त बिल्कुल सोचेको थिइनँ,’ एमी अवार्ड प्राप्त गरेपछि कूपरले भनेका छन् ।
‘तीन वर्ष पहिले म केही पनि थिइनँ तर आज म यहाँ उभिरहेको छु । आफूलाई सहज हुने क्षेत्र (कम्फर्ट जोन)बाट बाहिर निस्कनुहोस्, यदि तपाईं अलिकति लज्जित हुनु भयो भने कसलाई नै वास्ता हुन्छ र ?’ उनले भने ।
यो पुरस्कारले उनको लागि धेरै अर्थ राख्ने अवार्ड प्राप्त गरेपछि कूपरले प्रेस रुममा भनेका थिए । एडोलसेन्स चार भागको नेटफ्लिक्स सिरिज हो ।
यसमा स्टीफन ग्राहमले महत्त्वपूर्ण भूमिका निभाएका छन् । यस सिरिजका निर्देशक फिलिप बारान्टिनी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण