ब्रिफिङ गर्दै थिए अर्थमन्त्री खनाल, पर्वतका पौडेलले झपारे
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा एक व्यक्तिले आक्रोश पोखेका छन् । उनी हुन्, पर्वतका शालिकराम पौडेल ।
‘७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट छैन,’ कर्मचारीलाई आफूले बोलेको कुरा नोट गर्न निर्देशन दिइरहेका मन्त्री खनालको छेउमा पुगेका पौडेलले भने ।
त्यसपछि मन्त्री खनालले ‘एक छिन ल’ भन्दै रोक्दा उनी थप जङ्गिए । ‘हामीले पनि आन्दोलन गरेका हौँ । तपाईँ त्यसै मन्त्री भएको हो र ? कुरा सुन्नुस् यहाँ,’ भन्दै आक्रोश व्यक्त गर्न थाले पछि प्रहरीले उनलाई तानेको थियो ।
तर उनी नरोकिएपछि मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुरको शुभ नाम के पर्यो ?’ भनेर सोधेका थिए । जवाफमा पौडेलले आफ्नो परिचय दिँदै मन्त्रालयमा बदमासहरू रहेकोले आन्दोलन भएको बताएका थिए । ‘एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र ?’ उनले प्रश्न गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण