बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्मृति इरानीलाई ‘बकवास अभिनेत्री’ भनेपछि...

सोमबार, ३० भदौ २०८२, १४ : ११
सोमबार, ३० भदौ २०८२

सारांश

  • स्मृति इरानीले करियरको सुरुवाती दिनमा भोगेका अप्ठ्यारा र आलोचनाहरू पोडकास्टमा सेयर गरिन्।
  • उनले आफूलाई एक समयमा खराब अभिनेत्री भनिएको र पुरुष कलाकारले बढी पैसा पाउने गरेको बताइन्।
  • इरानीले आफ्नो अभिनय र राजनीति यात्राको बारेमा खुलेर कुरा गर्दै, आफूले भोगेका कुराहरू सुनाइन्।

नयाँ दिल्ली । भारतीय अभिनेत्री एवम् राजनीतिज्ञ स्मृति इरानी यतिबेला ‘क्युंकी सास भी कभी बहू थी २’ बाट पुनः टिभीको पर्दामा फर्किएकी छिन् । उनको यो ड्रामाले यतिबेला धेरै दर्शकको मन जितिरहेको छ । यसैबिच अभिनेत्रीले करियरको सुरुवातमा आफूले भोगेका अप्ठ्यारा र आलोचनाहरू सेयर गरेकी छिन् । एक पटक आफूलाई खराब अभिनेत्री भनिएको पनि उनले बताइन् । 

‘२५ वर्ष पहिले मलाई पार्ट–टाइम राजनीतिज्ञ र फूल–टाइम अभिनेत्री भनिन्थ्यो’ सोहा अली खानको पोडकास्ट अल अबाउट हरमा स्मृतिले बताइन् । यो पोडकाष्टमा उनले आफ्नो अभिनय र राजनीति यात्राको बारेमा खुलेर कुरा गरेकी थिइन् । कुराकानीका क्रममा उनले आफ्नो पितासँग भएको पुरानो कुराकानी पनि सम्झिइन् । 

एक पटक उनले आफ्नो बुबालाई सोधेकी थिइन्, ‘के म जीवनभर कसैको श्रीमती मात्रै हुँला ? १७ वर्षदेखि म तपाईंको छोरी हुँ । आखिर कहिले म आफ्नो जिन्दगी आफ्नो लागि जिउन सक्छु ?’ 

स्मृतिको पहिलो जागिर दिल्लीको जनपथ रोडमा थियो । त्यतिबेला उनको तलब दैनिक २०० भारु भएको पनि उनले बताइन् । त्यतिबेला उनले आफ्नो बुबाबाट उधारो लिएकी थिइन् । बुबाले भन्नुभएको थियो, ‘म तिमीलाई एक वर्ष दिन्छु, यदि तिमीले पैसा फिर्ता गर्न सकेनौ भने, मैले भनेको व्यक्तिसँग विवाह गर्नुपर्छ ।’ 

कुराकानीका क्रममा स्मृतिले आफूले टिभीमा खेलेको चर्चित पात्र तुलसी विरानीलाई पनि सम्झिन् । आज यो पात्र आइकनिक बनेको छ । यो पात्र बनेर खेलेका हरेक दृश्यका लागि इरानीले प्रशंसा कमाउँछिन् । ती सिन निकै भाइरल छन् । तर एउटा समय यस्तो पनि थियो जतिबेला स्मृतिलाई त्यही दृश्यका लागि कामै नलाग्ने अभिनेत्री पनि भनिएको थियो । 

‘हरेक ठाउँमा मानिसहरूले मलाई भन्थे कि तिमी खराब अभिनेत्री हौ ... र पुरुष कलाकारहरूले मैले भन्दा बढी पैसा पाउँथे’ उनले सुनाइन् ।  पोडकाष्टमा स्मृतिले राजनीतिको बारेमा पनि कुरा गरिन् । ‘सन् २००४ मा, मैले पहिलो पटक चुनाव लडेँ । म २७ वर्षकी थिएँ । मैले राजनीति न पढेको थिएँ न त अनुभव नै थियो’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप