सहरी विकासमन्त्री घिसिङको पहिलो निर्णय : भौतिक क्षति मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र
सारांश
- शहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेलगत्तै जेनजी आन्दोलनको क्षतिको मूल्याङ्कन गर्न निर्देशन दिए।
- मन्त्रीले एक साताभित्र पुनर्निर्माण कार्ययोजना तयार पार्न र मन्त्रिपरिषद्मा पेश गर्न निर्देशन दिएका छन्।
- घिसिङले स्वयम्सेवक र क्राउड फन्डिङमार्फत आर्थिक स्रोत जुटाउने सम्भावना रहेको बताए।
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहणसँगै आफ्नो पहिलो निर्णयमार्फत जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा पुगेको क्षतिको मूल्याङ्कन र पुनर्निर्माण कार्ययोजना एक साताभित्र तयार गर्न निर्देशन दिएका छन्।
पदभार ग्रहण कार्यक्रमपछि मन्त्रालयमा सचिव गोपाल सिग्देलले स्वागत गर्दै ब्रिफिङ गरेका थिए। सो क्रममा मन्त्री घिसिङले आन्दोलनका क्रममा भौतिक संरचना, सवारीसाधन, फर्निचर, कागजात र अन्य सम्पत्ति क्षति भएकाले त्यसको ड्यामेज एसेसमेन्ट (क्षति मूल्याङ्कन) तत्काल सुरु गर्न निर्देशन दिए।
उनले विशेषज्ञ टोली परिचालन गरी तीन दिनभित्र क्षति विवरण सङ्कलन गर्ने र त्यसलाई आधार मानेर एक हप्ताभित्र पुनर्निर्माण तथा पुनर्स्थापना कार्ययोजना तयार गरी मन्त्रिपरिषद्मा स्वीकृतका लागि पेस गर्ने बताए।
घिसिङले भने, 'राज्यले आफ्नो तर्फबाट योगदान त गर्छ नै, तर हाम्रो स्रोत–सामर्थ्य सीमित छ। त्यसैले देशभित्र र विदेशमा रहेका नेपाली स्वयंसेवक तथा सहयोगी समुदायबाट समेत योगदान सङ्कलन गर्न सकिने सम्भावना गहिरो छ। आवश्यक परे क्राउड फन्डिङ मार्फत आर्थिक स्रोत जुटाइनेछ, र सङ्कलित रकम विशुद्ध रूपमा सरकारी संरचनाको पुनर्निर्माणमा खर्च गरिनेछ।'
यसका लागि मन्त्रालयले दुई वटा फाइल तयार गरेको छ । पहिलो, क्षति मूल्याङ्कन र कार्ययोजना स्वीकृति प्रक्रिया अघि बढाउने र दोस्रो, पुनर्निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने प्रणाली कार्यान्वयन गर्ने रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण