बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टिकटकको स्वामित्वसम्बन्धी सम्झौताका लागि अमेरिका र चीनबिच ‘फ्रेमवर्क’ तयार

सोमबार, ३० भदौ २०८२, १९ : ४२
सोमबार, ३० भदौ २०८२

सारांश

  • अमेरिकी ट्रेजरी सेक्रेटरीले टिकटकको अमेरिकी सञ्चालनको स्वामित्वबारे चीनसँग सम्झौता भएको बताएका छन्।
  • यो सम्झौता अमेरिकी स्वामित्वका लागि बाटो खोल्ने गरी म्याड्रिडमा भएको व्यापार वार्तामा भएको हो।
  • ट्रम्प र सी जिनपिङले शुक्रबार सम्झौतालाई अन्तिम रूप दिने बताइएको छ।

वासिङ्टन डिसी । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले टिकटकको अमेरिकी सञ्चालनको स्वामित्वबारे चीनसँग 'फ्रेमवर्क' मा सम्झौता भएको बताएका छन्। उनले म्याड्रिडमा भएको व्यापार वार्ताका क्रममा अमेरिकी स्वामित्वका लागि बाटो खुल्ला गर्ने गरी यो सम्झौता भएको जानकारी दिएका हुन्।

बेसेन्टका अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार यो सम्झौतालाई अन्तिम रूप दिनेछन्। यद्यपि, चीनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

ट्रम्पले आफ्नो 'ट्रुथ सोसल' मा म्याड्रिडमा भएका वार्ता 'धेरै राम्रो' भएको उल्लेख गर्दै, ‘हाम्रो देशका युवाहरूले बचाउन चाहेको एक विशेष कम्पनीमा सम्झौता भएको’ बताएका छन्।

टिकटकको चिनियाँ मालिकलाई आफ्नो अमेरिकी सञ्चालनका लागि क्रेता खोज्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने समयसीमा नजिकिँदै गर्दा यो सहमति भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप