अत्यधिक मदिरा सेवनले राउटे समुदायका युवकको मृत्यु
सोमबार, ३० भदौ २०८२, १९ : ४६
सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएको अल्पसंख्यक राउटे समुदायले फेरि अर्को सदस्य गुमाएको छ । सोमबार सुर्खेतको लेकबेसी नगरपालिका-१० मा बसोबास गर्दै आएका २३ वर्षीय गोविन्द शाहीको मृत्यु भएको छ ।
उनको मृत्युसँगै राउटे समुदायको जनसंख्या १३६ मा झरेको छ । राउटे परियोजनाका कर्मचारी लालबहादुर खत्रीले शाहीको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको रातोपाटीलाई बताए ।
गोविन्द, सोवंशी दिलबहादुर मुखियाका छोरा हुन् । खत्रीका अनुसार अघिल्लो महिना भत्ता बुझेदेखि राउटे समुदायका सदस्यहरूले मदिरा सेवन गरिरहेका थिए । गोविन्दले भने निरन्तर रूपमा मदिरा सेवन गरिरहेका थिए । मदिराकै कारण उनको मृत्यु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण