पाकिस्तानमा भएको सैन्य कारबाहीमा ३१ विद्रोहीको मृत्यु
सारांश
- खैबर पख्तुनख्वा प्रान्तमा भएको दुई छुट्टाछुट्टै कारबाहीमा ३१ 'विद्रोही'को मृत्यु भएको सेनाले जनाएको छ।
- लक्की मरवात र बन्नू जिल्लामा सुरक्षा बल र विद्रोहीबीचको गोली हानाहानमा कारबाही भएको थियो।
- कारबाहीमा हतियार र गोला बारुद बरामद गरियो, र सेनाले आतङ्कवाद उन्मूलन गर्न प्रतिबद्धता जनाएको छ।
इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई छुट्टाछुट्टै कारबाहीमा परी कम्तीमा ३१ ‘विद्रोही’को मृत्यु भएको सेनाले सोमबार जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अनुसार लक्की मरवात र बन्नू जिल्लामा गत हप्ताको अन्त्यमा कारबाही गरिएको थियो ।
सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा बल र विद्रोहीबीच लक्की मारवतमा भएको भीषण गोलीबारीमा १४ विद्रोहीको मृत्यु भएको छ।’
बन्नू जिल्लामा भएको छुट्टै भिडन्तमा थप १७ जना विद्रोहीको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
आईएसपीआरले भनेको छ, ‘दुबै कारबाहीहरू प्रतिबन्धित सङ्गठनसँग सम्बन्धित लडाकूको उपस्थितिको बारेमा प्राप्त भएको गोप्य सूचनाका आधारमा गरिएको र कारबाहीको क्रममा हतियार र गोला बारुद पनि बरामद गरिएको थियो।’
कुनै पनि बाँकी खतरालाई हटाउन दुवै क्षेत्रमा सरसफाइ अभियान जारी रहेको सेनाले जनाएको छ। सेनाले पाकिस्तानका सुरक्षा बलहरू देशबाट आतङ्कवादको उन्मूलन गर्न प्रतिबद्ध रहेको कुरा दोहोर्याएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण