आन्दोलनका क्रममा हतियार लुट्ने दुई जना पक्राउ
सारांश
- जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा लोक सेवा आयोगको कार्यालयबाट हतियार लुटिएको थियो।
- प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ, जसमा एक एसएलआर राइफल बरामद भएको छ।
- आन्दोलनकारीहरूले कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए, जसको सीसीटीभी भिडियोको आधारमा पक्राउ गरिएको हो।
जनकपुरधाम । ‘जेनजी’ आन्दोलनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुई जनालाई आज पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउन्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ ।
भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारपाङ्ग्रे गाडी चारथान, मोटरसाइकल चारथान, सिसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण