नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ
मङ्गलबार, ३१ भदौ २०८२, ०८ : ००
सारांश
- रौतहटमा जेनजी आन्दोलनको समयमा नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन्।
- फरार कैदी सर्लाहीको मलंगवा नगरपालिकाका फिरोज मंसुर हुन्, जो कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
- प्रहरीले मंसुरलाई उनको घरबाट पक्राउ गरेको छ र उनलाई नख्खु कारागारमा पठाउने तयारी भइरहेको छ।
रौतहट । जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ।
नख्खु कारागार, काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा सर्लाही, मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर नख्खु कारागारको ‘न्यु ब्लक’ मा कैद भुक्तान गरिरहेका थिए। तर, भदौ २५ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए।
गोप्य सूचनाको आधारमा मंसुर आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा सोमवार साँझ ६ः३० बजे जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट सई शनिदेवल साहको नेतृत्वमा खटिएको टोलीले उनलाई घरमै नियन्त्रणमा लिएको हो।
पक्राउ परेका कैदीलाई हाल जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको छ। उनलाई कारागार कार्यालय सर्लाहीमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण