कुन बैंकमा पाइन्छ बढी ब्याज ? यस्तो छ असोज महिनाको लागि नयाँ ब्याजदर
सारांश
- बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनाको लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्।
- वाणिज्य बैंकहरूमध्ये केहीले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् भने बाँकीले यथावत् राखेका छन्।
- मुद्दती खातामा बैंकहरूले न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन् । वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन् ।
विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ । बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेका छन् ।
त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ । खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएका छन् ।
उता संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन् । यस्तो खातामा ग्लोबल आर्ईएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको ६ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले धेरै ब्याजदर अफर गरेका छन् । अहिले एनएमबि, एनआईसी एशिया र हिमालयन बैंकले ५ प्रतिशतसम्म ब्याजदर तोकेका छन् । केही बैंकको ब्याजदर भने दीर्घकालका लागि समेत न्यून छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीमा जुनसुकै समयका लागि सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण