पार्टी काममा फर्किए प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको काममा फर्किएका छन्।
- प्रचण्ड जेनजी पुस्ताको आन्दोलनपछि सेनाको सुरक्षा घेरामा थिए।
- उनले पार्टी कार्यालयको निरीक्षण र राजनीतिक अवस्थाबारे समीक्षा गर्ने तयारी गरेका छन्।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टी काममा फर्किएका छन् ।
भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।
तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी मंगलबारदेखि पार्टी काममा फर्किएका हुन् ।
जसअनुसार उनी मंगलबार आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणका लागि पुगेका छन् । यस्तै पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न केही दिनमा पदाधिकारी बैठक बोलाउने उनले तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण