रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेलाई उपचार खर्च सहयोग
काठमाडौँ । गायक रामकृष्ण ढकालको समन्वयमा जेनजी आन्दोलनका घाइतेहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये सिभिल अस्पतालमा उपचाररत् ६ जनालाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले जनही १० हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरिएको गायक ढकालले रातोपाटीलाई बताए ।
गायक ढकालसहित ईश्वर मिश्र, ईशानजंग भट्टराई, स्वीकृति सापकोटा र इन्द्रराज भट्टराईले राहत संकलन गरेका हुन् । हालसम्म देश-विदेशबाट 'गो फन्ड' मार्फत १२ लाख संकलन भएको ढकालले जानकारी दिए । त्यसमध्ये नेपालमा संकलित ३ लाख ५० हजारमध्ये ६० हजार रुपैयाँ सिभिल अस्पताल उपचाररत् ६ जना घाइतेलाई प्रदान गरिएको गायक ढकालले बताए । बाँकी रकम नेपालको खातामा जम्मा हुन बाँकी छ ।
‘घाइते त धेरै हुनुहुन्छ, कतिपयले हामीलाई पर्दैन, आफैँ सक्छौँ भन्नुभएको छ । आर्थिक अवस्था कमजोर हुने घाइतेलाई सहयोग गर्ने हाम्रो योजना हो,’ उनले भने, ‘अन्य अस्पतालमा पनि पुगेर आवश्यक पर्ने घाइतेहरुलाई बाँकी रकम हस्तान्तरण गर्नेछौँ ।‘
अमेरिका तथा युरोपेली मुलुकका रहेका नेपालीहरुलाई पनि राहत रकम संकलनका समन्वय भइरहेको उनले बताए ।
जेनजी आन्दोलनका क्रममा ७२ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन् । यस्तै थुप्रै सरकारी संरचना तथा निजी भवन जलेर ध्वस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण