बेलायतमा ५ अर्ब पाउन्ड लगानी गर्ने अल्फाबेटको घोषणा
काठमाडौँ । विश्वको चौथो ठुलो कम्पनी अल्फाबेटले बेलायतको एआई क्षेत्रमा ५ अर्ब पाउन्ड (६ अर्ब ८० करोड डलर) लगानी गर्ने घोषणा गरेको छ । गुगलको माउ कम्पनी अल्फावेटले यो रकम आगामी दुई वर्षभित्र पूर्वाधार र वैज्ञानिक अनुसन्धानमा खर्च गर्नेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको राजकीय भ्रमणमा जानुअघि कम्पनीले यति ठुलो लगानी घोषणा गरेको हो ।
उन्नत विज्ञानमा अग्रगामी कामका लागि बेलायतमा उल्लेख्य अवसर भएको कम्पनीकी अध्यक्ष तथा प्रमुख लगानी अधिकृत रुथ पोरतले भनेकी छिन् । कम्पनीले हर्टफोर्डशायरको वाल्थाम क्रसमा औपचारिक रुपमै एक अर्ब डलर खर्चेर डेटा सेन्टर खोल्दैछ । त्यहाँ विस्तारै लगानी बढाउँदै लैजाने कम्पनीको योजना छ ।
बेलायती नोबल पुरस्कार विजेता डेमिस हसाबिसको लन्डनस्थित कम्पनी डीपमाइन्डमा पनि कम्पनीले लगानी थप्दैछ । डीपमाइन्डले उन्नत वैज्ञानिक अनुसन्धानमा क्रान्ति गर्न एआईको प्रयोग गर्दै आएको छ । अहिले अमेरिका र बेलायतबिचको प्रविधि सम्बन्ध विशेष रहेको पोरतले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण