उपत्यका छाड्ने यात्रुको चाप अहिलेदेखि नै बढ्न थाल्यो, भाडा वृद्धि नहुने
सारांश
- चाडपर्व नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेको छ।
- महासंघका अनुसार पछिल्लो तीन दिनमा करिब चार लाख यात्रुले उपत्यका छाडेका छन्।
- यातायात विभागले यात्रुको सुरक्षित र सहज आवागमनका लागि आवश्यक तयारी गरेको जनाएको छ।
काठमाडौँ । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्षहरूमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिए । यात्रुको चाप बढेसँगै सेवाप्रदायक व्यवसायी पूर्णरूपमा तयार रहेको उनले बताए।
त्यस्तै महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विषम परिस्थिति सम्झँदै पनि भाडा वृद्धि नगरी सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने व्यवस्था मिलाइएको छ ।
यसैबिच यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित र सहज आवागमनका लागि आवश्यक तयारी गरिएको जनाएको छ । मंगलबार विभागमा यातायात व्यवसायी र सरोकारवाला निकायसँगको छलफलमा महानिर्देशक राजीव पोखरेलले सडक क्षेत्रमा सुशासन कायम गर्न र अवरोध हुन नदिन सडक विभागसँगको सहकार्यमा ठाउँ–ठाउँमा डोजर लगायतको व्यवस्था गरिने जानकारी दिए । उनले भाडादर पारदर्शी बनाउनका लागि यात्रु सहायता कक्ष र भाडा दरका बोर्ड विभिन्न स्थानमा राखिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण