चुरियामाई मन्दिर नजिकै सेना चढेको गाडी दुर्घटना, १५ जना घाइते
मङ्गलबार, ३१ भदौ २०८२, १५ : २५
सारांश
- मकवानपुरको चुरियामाई सडक खण्डमा नेपाली सेना चढेको जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
- दुर्घटनामा परेको जिप सडकबाट ५० मिटर तल खसेको थियो, र सेनाको उद्धार गरिएको छ।
- जिप तनहुँबाट हेटौँडा हुँदै धनुषातर्फ जाँदै थियो, दुर्घटनाको थप विवरण संकलन भइरहेको छ।
हेटौँडा । मकवानपुर र बाराको सिमानास्थित महेन्द्र राजमार्ग अन्तर्गत चुरियामाई सडक खण्डमा नेपाली सेना चढेको गाडी दुर्घटना भएको छ ।
मंगलबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परेका सेनाको उद्धार गरेर उपचारका लागि हेटौंडातर्फ लगिँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
गाडी तनहुँबाट मकवानपुरको हेटौँडाबाट धनुषातर्फ जाँदै गरेको जानकारी पाएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । दुर्घटनाको बारेमा थप विवरण सङ्कलन कार्य भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण