लुटेराको फोटो सार्वजनिक गर्दै दमक नगरपालिकाले भन्यो– बचाउन लगेको सामान फिर्ता गरिदिनुहोला
मङ्गलबार, ३१ भदौ २०८२, १७ : ५७
काठमाडौँ । दमक नगरपालिकाले आन्दोलनका क्रममा भएको आगजनीमा लुटिएका सामान फिर्ता गर्न रचनात्मक शैली अपनाएको छ । नगरपालिकाले आफ्नो फेसबुक पेजमा लुटेराको अनुहार छोपिएको फोटो पोष्ट गर्दै ‘आगजनीबाट बचाउन लगिएका समान फिर्ता गर्न’ आग्रह गरेको हो ।
‘आगजनीबाट बचाउन लगिदिनुभएको सामान उहाँलाई पनि फिर्ता गरिदिनुहुन अनुरोध छ। हजुरको फेस पनि क्लियर छ है,’ कार्यालयको पेजमा लेखिएको छ ।
भदौ २४ गते भएको विध्वंसात्मक आन्दोलनका क्रममा देशका विभिन्न सरकारी कार्यालयमा आक्रमण भएको थियो । दमक नगरपालिका समेत यसको निशानामा परेको थियो । त्यहाँबाट लाखौँको सामान लुटपाट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल र ट्रिप टर्बोबीच साझेदारी : बस, जहाज र साहसिक पर्यटनमा भारी छुटको सुविधा
-
रास्वपा स्थापनाको चार वर्षमा रवि झन् शक्तिशाली बन्दै
-
यी हुन् मधेस बाहेकका रास्वपाका महाधिवेशन प्रतिनिधि
-
रास्वपा महाधिवेशनस्थलमा सेना र पुलिसको बम स्क्वाड टोलीले गर्यो चेकजाँच (तस्बिरहरु)
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
मुटुको लागि किन महत्त्वपूर्ण छ क्याल्सियम ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण