पुनर्निर्माणमा जुट्यो बागमती प्रदेश सरकार
सारांश
- बागमती प्रदेश सरकारले आन्दोलनमा भएको क्षतिको विवरण संकलन गर्न कार्यदल गठन गरेको छ।
- कार्यदलले सरकारी संरचनामा भएको क्षतिको मूल्यांकन र पुनर्निर्माणको लागि काम गर्नेछ।
- सरकारले क्षति भएका सम्पत्तिको सुरक्षा र सेवा सुचारु गर्न आवश्यक कदम चाल्नेछ।
हेटौँडा । बागमती प्रदेश सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको क्षतिको विवरण संकलन गर्ने भएको छ ।
आन्दोलनका कारण प्रदेशका सरकारी संरचनामा भएको क्षतिको मूल्यांकन तथा पुनर्निर्माणको कामलाई तीव्रता दिने कार्यदल गठन गरिएको छ ।
प्रदेशका प्रमुख सचिव भुपाल बरालको अध्यक्षमा मंगलबार बसेको बैठकले प्रदेश सरकार अन्तर्गतका भवन तथा भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन, विश्लेषण गरी पुनर्निर्माण र सञ्चालनको सम्भावना, अनुमानित लागतसहित प्रतिवेदन पेस गर्न एक उच्चस्तरीय कार्यदल गठन गरिएको छ । बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव श्वरचन्द्र मरहट्ठा संयोजक रहेको ४ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यहरूमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भूषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी रहेका छन् । उक्त कार्यदललाई शिघ्र सम्पूर्ण विवरणहरू संकलन गरी मूल्य समितिको प्रतिवेदन पेस गर्न निर्देशन गरिएको छ ।
बैठकले उक्त कार्यदलमार्फत आन्दोलनबाट मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको मौद्रिक मूल्यसहितको विस्तृत विवरण असोज ५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनिवार्य रुपमा पेस गर्न सबै विषयगत मन्त्रालयलाई निर्देशन दिएको हो ।
त्यसैगरी, आन्दोलनको क्रममा लुटपाट, तोडफोड तथा आगजनीबाट क्षति भएका सम्पत्ति र कागजातहरूको सुरक्षा निकायसँगको समन्वयमा तत्काल कानुनी मुचुल्का तयार गर्ने निर्णय भएको छ । उक्त मुचुल्काको आधारमा क्षतिअनुसार बिमा दाबी लगायतका प्रक्रियाहरू अगाडि बढाउन पनि बैठकले निर्देशन दिएको छ ।
क्षतिग्रस्त मन्त्रालय तथा कार्यालयहरूबाट प्रवाह हुने सेवा अवरुद्ध हुन नदिन तत्काल सम्भाव्य स्थान पहिचान गरी कार्यालय सञ्चालनको प्रबन्ध मिलाउन पनि सचिव बैठकले निर्णय गरेको छ ।
कार्यालय सञ्चालनमा देखिएको कठिनाइलाई मध्यनजर गर्दै भवन तथा संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समन्वय गरी व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालयलाई भनिएको छ ।
साथै, बैठकले आन्दोलनको क्रममा क्षति वा नष्ट भएका सरकारी सवारी साधनहरूको विवरण पनि तोकिएको ढाँचामा ३ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण