अमेरिकाको ८० हलहरूमा रिलिज हुँदै ‘हरिबहादुरको जुत्ता’
काठमाडौँ । असोज १३ गते फूलपातीदेखि प्रदर्शनमा आउने चलचित्र ‘हरिबहादुरको जुत्ता’ अमेरिकाका ८० हलहरूमा एकसाथ रिलिज हुने भएको छ ।
चलचित्रलाई आहाना पौडेलले अमेरिकामा वितरण गर्न लागेका हुन् । पौडेलले अमेरिकामा फिल्म नेपालकै मितिमा लाग्ने जानकारी दिए ।
उनको वितरण कम्पनी चलचित्र इन्टरटेनमेन्ट एलएलसीले अमेरिकाका ८० हलहरूमा फिल्म रिलिज गर्न लागेको हो। पौडेलका अनुसार टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विसकन्सिन, नर्थ डेकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया, उटाह लगायतका सहर र राज्यमा फिल्म लाग्नेछ ।
त्यहाँका सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाज लगायतका चेनमा फिल्म रिलिजको तयारी भैरहेको आहानले जानकारी दिए । सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको फिल्म दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।
फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रियङ्का कार्की, राजाराम पौडेल, किरण केसी, दिनेश काफ्ले, सिता न्यौपाने, दिव्य देव लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण