वीरगन्जमा चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा
सारांश
- वीरगन्जमा दसैँलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ।
- खाद्य तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले भदौ ३० देखि कात्तिक १० सम्म पसल सञ्चालन गर्नेछन्।
- नुनमा प्रतिकिलो २ रुपैयाँ र चामल तथा चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुटको व्यवस्था गरिएको छ।
पर्सा । वीरगन्जमा दसैँलगायत पर्वलाई लक्षित गर्दै सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको छ । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्ज र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्ज कार्यालयले भदौ ३० देखि कात्तिक १० गतेसम्म दसैँलगायतका चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड वीरगन्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले सोमबारदेखि कात्तिक १० गतेसम्म वीरगन्जमा सहुलियत दरको पसल सञ्चालन गरिने जानकारी दिए । “दसैँदेखि छठ पर्वलाई लक्षित गरेर यहाँबाट बिक्री हुने नुनमा प्रतिकिलोग्राम रु दुई छुट दिने निर्णय गरेका छौँ”, उनले भने, “एक जना सर्वसाधारणले एक पटकमा छ किलोग्राम खरिद गर्न सक्नुहुनेछ ।” ग्राहकले प्रतिकिलोग्राम नुन रु २४ लाग्नेछ ।
त्यसैगरी सहुलियत छुट मूल्य पसल २०८२ सञ्चालनमा ल्याएको छ । कार्यालयले चाडपर्वको अवसरमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल, अरुवा सोना मन्सुली चामल, अरुवा मोटा चामल र चिनीमा प्रतिकिलोग्राम रु पाँच छुट दिएको जनाएको छ । पच्चीस किलोग्राम जिरा मसिनो चामलको बोरालाई रु २१ सय, अरुवा सोना मन्सुली चामलप्रति २५ किलोग्रामको बोरालाई रु १४५० मूल्य तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण