च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा पीएसभी पराजित, युनियन सेन्ट गिलोइस विजयी
बुधबार, ०१ असोज २०८२, ०० : २१
सारांश
- युरोपियन च्याम्पियन्स लिग फुटबलमा पीएसभी आइन्डहोभनलाई युनियन सेन्ट गिलोइसले ३-१ ले पराजित गर्यो।
- युनियन सेन्ट गिलोइसका लागि प्रामिस अकिनपेलु, अनुवार एइत एल हाज र केभिन म्याक एलिस्टरले गोल गरे।
- पीएसभीका लागि रुबेन भान बोमेलले एक सान्त्वना गोल फर्काए, र युनियन सेन्ट गिलोइसले तीन अंक जोड्यो।
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको पहिलो खेलमा नेदरल्यान्डको क्लब पीएसभी आइन्डहोभन पराजित भएको छ । बेल्जियमको क्लब युनियन सेन्ट गिलोइसले पीएसभीलाई ३-१ ले पराजित गरेको हो ।
राति साढे १० बजे सुरु भएको खेलमा युनियन सेन्ट गिलोइसले सुरुवातमै अग्रता लिएको थियो । ९औँ मिनेटमा प्रामिस अकिनपेलुले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ३९औँ मिनेटमा अनुवार एइत एल हाजले दोस्रो गोल गरे ।
८१औँ मिनेटमा केभिन म्याक एलिस्टरले तेस्रो गोल गर्दै टोलीलाई सहज जितको बाटोमा लगे । पीएसभीका लागि रुबेन भान बोमेलले ९०औँ मिनेटमा एक मात्र सान्त्वना गोल फर्काए । जितसँगै युनियन सेन्ट गिलोइसले महत्तवपूर्ण तीन अंक जाेडेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण