अफगानिस्तानमाथि बङ्गलादेशको जित, श्रीलङ्का सुपर चारमा
सारांश
- एसीसी एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गर्यो।
- बङ्गलादेशले १५४ रन बनायो भने अफगानिस्तानले १४८ रन मात्र बनाउन सक्यो।
- मुस्तफिजुर रहमानले बङ्गलादेशका लागि ३ विकेट लिए, र बङ्गलादेश समूह बी को दोस्रो स्थानमा छ।
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटमा बङ्गलादेशले अफगानिस्तानमाथि जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा बङ्गलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।
शेख जायद क्रिकेट स्टेडियममा बङ्गलादेशले दिएको १५५ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४८ रन बनायो ।
अफगानिस्तानका लागि रमनउल्लाह गुरुवाजले सर्वाधिक ३५ रन बनाए । त्यस्तै अजउल्ला ओमाजीले ३० रन बनाउँदा कप्तान राशिद खानले २० रनको योगदान गरे ।
बङ्गलादेशका लागि मुस्तफिजुर रहमानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नसिम अहमद, टासिम अहमद र राशिद हुशेनले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५४ रन बनायो ।
बङ्गलादेशका लागि तान्जित हसनले ५२ रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै साहिद हशनले ३० रन बनाउँदा तोहिद हर्दाएले २६ रन बनाए ।
अफगानिस्तानका लागि राशिद खान र नुर अहमदले दुई दुई विकेट लिए ।
आजको जितसँगै बङ्गलादेश २ खेलबाट ४ अङ्क जोडेर समूह बी को तालिकाको दोस्रो स्थानमा छ । अब यस समूहको अन्तिम खेलमा अफगानिस्तानले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेलले अघिल्लो चरण पुग्ने टिमको टुङ्गो लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026