च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा टोटेनह्यामको विजयी सुरुवात
बुधबार, ०१ असोज २०८२, ०३ : ०८
सारांश
- टोटेनह्यामले युरोपियन च्याम्पियन्स लिगमा भिलारियललाई १-० गोलले हरायो।
- टोटेनह्यामका लागि लुइज जुनियरले आत्मघाती गोल गरे।
- टोटेनह्यामले महत्त्वपूर्ण तीन अंक जोड्यो, अन्य खेलमा रियल म्याड्रिड र डर्टमुन्ड विजयी भए।
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बुधबारको खेलमा इङ्लिस क्लब टोटेनह्यामले स्पेनिस क्लब भिलारियललाई १-० ले पराजित गरेको छ।
खेलको ४औँ मिनेटमा लुइज जुनियरले आत्मघाती गोल गर्दा टोटेनह्यामले अग्रता पाएको थियो। त्यसपछि भिलारियलले खेलमा फर्कन नसक्दा टोटेनह्यामले सुरक्षित जित हासिल गर्यो।
जितसँगै टोटेनह्यामले प्रतियोगितामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ। बुधबार नै भएको खेलमा रियल म्याड्रिडले मार्सेल्लीलाई २-१ ले पराजित गरेको छ भने डर्टमुन्डले युभेन्टसलाई ४-२ ले हराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण