पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
बुधबार, ०१ असोज २०८२, १३ : ५१
सारांश
- अविरल वर्षाले गर्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ।
- जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो खसेका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार, सडक खुलाउनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
गलकोट । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा आज बिहानैदेखि सडक अजरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशव थापाले जानकारी दिए ।
पहिरोका कारण उक्त खण्डमा यातायात पूर्ण रूपमा सञ्चालन ठप्प भएका छन् । ठूलो पहिरोका कारण सडक खुलाउन समस्या भइरहेको जनाउँदै उनले कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकासँगको समन्वयमा वर्षा रोकिएपछि सडक खुलाइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण