खोटाङमा चाडपर्व लक्षित सुपथ मूल्यका चामल पसल सञ्चालन
खोटाङ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खोटाङले जिल्लाका तीन स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ ।
दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै लिमिटेडले दिक्तेलबजारसहित ऐसेलुखर्क गाउँपालिका र खोटेहाङ गाउँपालिकामा चामलको सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।
जिल्लामा खोलिएका सुपथ मूल्यको पसल यही असोज १० गतेसम्म सञ्चालन लिमिटेड शाखा कार्यालयका प्रमुख सुजनबाबु आचार्यले जानकारी दिए ।
उनका अनुसार जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित व्यापार कम्पनी लिमिटेडको कार्यालय र गोदाम, ऐसेलुखर्कमा डिपो कार्यालय तथा खोटेहाङ गाउँपालिकामा डिपो कार्यालयबाट सस्तो मूल्यमा चामल बिक्री सुरु गरिएको हो ।
यसअघि प्रतिकिलो रु ६५ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल डिपो कार्यालय ऐसेलुखर्क र खोटाङबजारमा हाल प्रतिकिलो रु ६० मा बिक्री सुरु गरिएको छ । यस्तै, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८५ मा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
दिक्तेलबाट प्रतिकिलो रु ६४ मा बिक्री भइरहेको अरुवा सोना मन्सुली चामल अहिले प्रतिकिलो रु ५९ मा, प्रतिकिलो रु ९० मा बिक्री भइरहेको स्टिम जिरा मसिनो चामल रु ८५ मा र प्रतिकिलो रु ९० मा बिक्री हुँदै आएको स्तरोन्नति गरिएको स्टीम जिरा मसिनो चामल रु ८५ मा बिक्री सुरु गरिएको प्रमुख आचार्यले जानकारी दिए ।
चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा चामल उपलब्ध गराउँदै खाद्यवस्तुमा बजार मूल्य स्थिरीकरण गर्न सुपथ मूल्यका पसल सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख आचार्यले बताए ।
लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेपछि ग्रामीण भेगमा बसोबास गर्दै आएका स्थानीयलाई सहज भएको छ ।
अहिलेका लागि पाँच सय क्विन्टल चामल उपलब्ध रहेको जनाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा वर्षभरिका लागि तीन हजार क्विन्टल चामल उपलब्ध हुने कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण