दीपेन्द्रको आइसीसी वरीयता खस्कियो, कुशलको एक स्थान सुधार
बुधबार, ०१ असोज २०८२, १८ : २०
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीको आइसीसी टी–ट्वान्टी अलराउन्डर वरीयतामा खस्किएको छ ।
बुधबार आइसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको एक स्थान तल झरेको छ । यो सँगै उनी चौथो स्थानमा पुगेका छन् ।
आइसीसीको वरीयतामा भारतीय टोलीका अलराउन्डर हार्दिक पान्ड्या शीर्ष स्थानमा यथावत छन् ।
त्यस्तै अफगानिस्तनका मोहमद नावी दोस्रो स्थानमा यथावत रहँदा जिम्बावेका सिकन्दर राजाले आफ्नो स्थान सुधार गरेका छन् । यसअघि चौथो स्थानमा रहेका उनी तेस्रो स्थानमा उक्लिएका हुन् ।
आइसीसीको वरीयताको पाँचौँ स्थानमा रोस्टन चेस पाँचौँ स्थानमा छन् । अलराउन्डरको वरीयतामा नेपालका ओपनर कुशल भुर्तेलको एक स्थान सुधार भएर ३४ औँ स्थानमा उक्लिएका छन् ।
त्यस्तै नेपालका अलराउन्डर गुलशन झा ५८ औँ स्थानमा यथावत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण