शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण, राजा चार्ल्सद्वारा स्वागत

बुधबार, ०१ असोज २०८२, २२ : १९
बुधबार, ०१ असोज २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको राजकीय भ्रमणमा पुगेका छन् र विन्डसर क्यासलमा उनको स्वागत गरियो।
  • राजा चार्ल्स तृतीय र ट्रम्प एउटै बग्गीमा सवार थिए भने मेलानिया ट्रम्प रानी क्यामिलासँगै अर्को बग्गीमा थिइन्।
  • ट्रम्पको विरोधमा मध्य लन्डनमा प्रदर्शनहरू भए, जसमा जलवायु र अन्य मुद्दाहरूका समर्थकहरू थिए।

लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पसँगै राजकीय भ्रमणका लागि बेलायत पुगेका छन्। बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाले विन्डसर क्यासलमा उनीहरूको स्वागत गरेका हुन्।

ट्रम्पको सम्मानमा एक भव्य बग्गी यात्रा निकालिएको थियो भने उनलाई गार्ड अफ अनर पनि प्रदान गरियो। जुलुसको क्रममा राजा चार्ल्स तृतीय र ट्रम्प एउटै बग्गीमा सवार थिए, भने मेलानिया ट्रम्प रानी क्यामिलासँगै अर्को बग्गीमा बसेकी थिइन्।

pp

विन्डसरमा ट्रम्पको भव्य स्वागत भइरहँदा, मध्य लन्डनमा भने उनको विरोधमा प्रदर्शन सुरु भयो। जलवायु, जातिवाद विरोधी र प्यालेस्टिनी समर्थक कार्यकर्ताहरू सम्मिलित ५० भन्दा बढी संस्थाहरूको समूह ‘स्टप ट्रम्प–युके कोएलिशन ले यो विरोध प्रदर्शनको आयोजना गरेको थियो।

image

आफ्नो भ्रमणको क्रममा, ट्रम्पले महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गर्न सेन्ट जर्जको च्यापलको भ्रमण गरे। त्यसपछि उनी राजा चार्ल्स तृतीय र प्रधानमन्त्री केर स्टारमरसँग विन्डसर क्यासलको पूर्वी लनमा विशेष सैन्य सङ्गीत प्रस्तुति हेर्न पुगे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप