च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा पीएसजीको शानदार सुरुवात, एटलान्टामाथि ४-० को जित
बिहीबार, ०२ असोज २०८२, ०२ : ४१
काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत आज भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले इटालियन क्लब एटलान्टामाथि ४-० को शानदार जित निकालेको छ।
खेलको तेस्रो मिनेटमै मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाले अर्को गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० को मजबुत स्थिति दिलाए।
दोस्रो हाफ सुरु भएको केही समयमै, ५१औँ मिनेटमा नुनो मेन्डेसले गोल गर्दै अग्रता फराकिलो बनाए। खेलको इन्जुरी समयमा गोनकालो रामोसले गोल गर्दै पीएसजीको जितलाई ४-० मा पुर्याए।
यस जितसँगै समूह चरणको पहिलो खेलमै पीएसजीले दमदार सुरुवात गर्दै तीन अङ्क हात पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण