नेपालसँगको टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा
सारांश
- वेस्ट इन्डिजले नेपालसँगको टी२० शृङ्खलाका लागि अकिल होसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
- नेपालले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ र शृङ्खला सेप्टेम्बर २७ देखि ३० सम्म शारजाहमा हुनेछ।
- टी२० अन्तर्राष्ट्रिय सिरिजको नाम 'युनिटी कप' राखिएको छ, क्यानले देशको एकतालाई महत्त्व दिँदै नाम राखेको जनाएको छ।
काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबिच हुने टी–२० शृङ्खलाका लागि वेस्ट इन्डिजको टोली घोषणा भएको छ । वेस्ट इन्डिजको क्रिकेट संघले अकिल होसेनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा होसनसहित फाबियन एलेन, ज्वेल एन्ड्र्यु, अकिम अगस्टे, नभिन बिडाइसे, जेडिया ब्लेड्स, केसी कार्टी र करिमा गोर छन् । त्यस्तै, जेसन होल्डर, अमिर जांगो, कायल मायर्स, ओबेड म्याककोय, जिसान मोटारा, रेमन सिमन्ड्स र सामेर स्प्रिङगर पनि टोलीमा अटाएका छन् ।
यसअघि, नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ । यही सेप्टेम्बर २७ देखि ३० सम्म शारजाह क्रिकेट रंगशालामा हुने तीन वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको नाम ‘युनिटी कप’ राखिएको छ ।
क्यानले हालै नेपालमा जेनजी आन्दोलन पछि देशको एकतालाई महत्त्व दिँदै उक्त नाम राखिएको बताएको छ । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो ।
यस्तो छ नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, मो। आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करन केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शहाब आलम ।
_Cwzr4uPioE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण