९८औँ ओस्करमा नेपालबाट ‘अञ्जिला’ सिफारिस
बिहीबार, ०२ असोज २०८२, ११ : ५७
सारांश
- सन् २०२६ को ओस्कर अवार्डको लागि नेपालबाट 'अञ्जिला' फिल्म सिफारिस भएको छ।
- अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले दुई फिल्ममध्ये 'अञ्जिला'लाई छनोट गरेको हो।
- समितिले प्राविधिक पक्ष, कथा प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषणलाई ध्यानमा राखेको थियो।
काठमाडौँ । सन् २०२६ मा हुने ९८औँ एकेडेमी अवार्ड (ओस्कर अवार्ड)को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ ।
द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो ।
समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार, यसवर्ष ओस्करमा प्रतिस्पर्धा गर्नका लागि दुई नेपाली फिल्म ‘गुन्यु चोलो – द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए । दुवै फिल्मको गहन मूल्याङ्कन पश्चात् प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखेर ‘अञ्जिला’लाई छनोट गरिएको हो ।
‘अञ्जिला’ अब ९८औँ ओस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको प्रतिनिधित्व गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण