संवैधानिक प्रक्रियाभन्दा बाहिर नजान राष्ट्रपतिलाई नागरिक अगुवाहरूको सुझाव
सारांश
- नागरिक अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई संवैधानिक प्रक्रियाभन्दा बाहिर नजान सचेत गराए।
- अगुवाहरूले संविधानको पालना गर्दै अघि बढ्न र चुनावमा केन्द्रित हुन सुझाव दिए।
- राष्ट्रपतिले संवैधानिक प्रक्रियामा जोड दिँदै सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । नागरिक समाजका अगुवाहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई देशलाई संवैधानिक प्रक्रियाभन्दा बाहिर जान नदिन सचेत गरेका छन् । बिहीबार बिहान शीतलनिवास पुगेर १४ जना अगुवाहरूले संविधानको पालना गर्दै अघि बढ्न राष्ट्रपति पौडेललाई सुझाएका हुन् ।
नागरिक अगुवाहरूले सुझाव पत्र पनि बुझाएका छन् । छलफलमा सहभागी लेखक राजेन्द्र महर्जनले रातोपाटीले भने, ‘हामीले अब देश संवैधानिक प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने कुरा राष्ट्रपतिज्यू समक्ष राख्यौँ । सम्पूर्ण देश चुनावमा केन्द्रित हुनुपर्छ । यसका लागि राजनीतिक दल, नागरिक समाज लगायत सबै पक्षहरूलाई समेटेर अघि बढ्नुपर्ने सुझाव दिएका छौँ ।’
महर्जनले यसका लागि नागरिक समाज सकारात्मक भूमिका खेल्न तयार रहेको पनि राष्ट्रपतिसमक्ष जानकारी गराएको बताए । यसमा आफूहरूलाई राष्ट्रपतिबाट सकारात्मक जवाफ आफूहरूले पाएको उनको भनाई छ ।
प्रधानमन्त्री नियुक्तिका बेला संविधान अलिकति तलमाथि भए पनि अब सरकार संवैधानिक प्रक्रियाबाट नै अघि बढ्ने राष्ट्रपति पौडेलले आशा व्यक्त गरेका थिए । ‘राष्ट्रपतिज्यूले यसका लागि आफूले सक्दो भूमिका खेलिरहेको बताउनुभयो,’ महर्जनले भने ।
यस्तै, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले संवैधानिक प्रक्रियाभन्दा बाहिर अध्यादेशहरू स्वीकार नगर्न आफूले सुझाव दिएको बताए । उनले सबैलाई समेटेर निर्वाचनमा जानु नै सबैका लागि हितकर हुने आफ्नो सुझाव रहेको जिकिर गरे ।
आजको भेटमा महर्जन र भट्टराईसहित कुन्दन अर्याल, पर्शुराम तामाङ, रत्न संसार श्रेष्ठ, महेश मास्के, सुबोध प्याकुरेल, कनकमणि दीक्षितलगायत उपस्थित थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण