लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य
बिहीबार, ०२ असोज २०८२, १६ : ०१
सारांश
- लुम्बिनी प्रदेश प्रमुखले भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।
- प्रदेशसभा सचिवालयका अनुसार छैटौँ अधिवेशनमा जम्मा १७ वटा बैठक बसेका थिए।
- प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।
बुटवल । लुम्बिनी प्रदेशसभाको चालु छैटौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले बिहीबार सूचना जारी गर्दै सो जानकारी दिएका छन्। उनले हिजो बिदा परेकाले आज सूचना जारी गरिएको बताए।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको बताइएको छ।
गत वैशाख ३१ गतेदेखि सुरु भएको छैटौँ अधिवेशनमा कुल १७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण