अदालतको सेवा सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने
बिहीबार, ०२ असोज २०८२, १७ : २५
बुटवल । लुम्बिनी प्रदेशमा रहेका उच्च अदालत र जिल्ला अदालतको सेवा सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्ने भएको छ।
लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्दोलनका क्रममा आगजनीमा परेका उच्च अदालत र जिल्ला अदालतको सेवा सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ।
आज देउखुरीमा मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षताको बसेको परिषद् बैठकले उच्च अदालतका तीन वटा कार्यालयलाई प्रति कार्यालय पाँच लाख सहयाेग गर्ने निर्णय गरिएकाे आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले बताए ।
उनका अनुसार जिल्ला अदालतका चार वटा कार्यालयलाई प्रति कार्यालय तीन लाख र नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशलाई सेवा सुचारु गर्न तीन लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण