चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । दसैँको फूलपाती अर्थात १३ असोजमा रिलिज हुने चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार एक कार्यक्रमकाबिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा चलचित्रका केही मुख्य अंश समेटिएको छ ।
जुन आकर्षक र दर्शक लोभ्याउने छ । उपासनासिंह ठकुरी, प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, श्यामाश्री शेर्पा लगायत देखिएका छन् ।
मिलन तामाङको निर्देशन रहेको चलचित्र रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको हो । ईश्वर श्रेष्ठ र निरज कटुलाल फिल्मका कार्यकारी निर्माता हुन् ।
रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायाङ्कन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन छ ।
चलचित्रमा केदार, धिरज, प्रकाश, उपासनाको अलवा श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारको अभिनय छ ।
चलचित्रले तामाङ संस्कृतिको कथालाई समेत उठान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण