जेनजी आन्दोलन : २९ अस्पतालमा १५३ जना घाइते उपचाररत
बिहीबार, ०२ असोज २०८२, १९ : १७
सारांश
- स्वास्थ्य मन्त्रालयका अनुसार जेनजी आन्दोलनमा घाइते भएका १५३ जनाको देशभरका २९ अस्पतालमा उपचार भइरहेको छ।
- घाइतेमध्ये धेरै जना ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, र काठमाडौँ मेडिकल कलेजमा उपचाररत छन्।
- आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीवन्दी र ३ जना प्रहरीको ज्यान गएको छ।
काठमाडौँ। जेनजी आन्दोलनमा घाइते भएका १५३ जनाको अहिले देशभरका २९ अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घाइतेमध्ये २८ जना ट्रमा सेन्टरमा, १७ जना त्रिवि शिक्षण अस्पतालमा, १४ जना काठमाडौँ मेडिकल कलेजमा, १२ जना नेपाल पुलिस अस्पतालमा र ८ जना चितवन मेडिकल कलेजमा उपचाररत छन्। त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, नोबल मेडिकल कलेजमा ६ र गण्डकी मेडिकल कलेजमा ७ जनाको उपचार भइरहेको छ।
आन्दोलनका क्रममा हालसम्म ६१ जना सर्वसाधारण, १० जना कैदीवन्दी र ३ जना प्रहरी गरी ७४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण