शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

चाडपर्वका लागि भारतबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति

बिहीबार, ०२ असोज २०८२, १९ : ३४
बिहीबार, ०२ असोज २०८२

काठमाडौँ । नेपालले भारत सरकारबाट २५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति पाएको छ।

राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनईसीएल) मार्फत हुने यो आयातका लागि २०२६ सेप्टेम्बर ३० तारिखसम्मका लागि अनुमति दिइएको हो।

नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले नेपालमा चिनी आयात गर्दै आएको छ । कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आगामी दसैँलगायतका चाडपर्वलाई ध्यानमा राखी गरिएको यो निर्णयले नेपालमा चिनीको आपूर्ति सहज हुने अपेक्षा गरिएको बताइन्।

दसैँ तिहारमा चिनीको माग धेरै हुँदा मूल्य बढ्ने गर्दछ । आयात अनुमतिसँगै चाडपर्वमा चिनीको मूल्यवृद्धि नियन्त्रण हुने श्रेष्ठले आशा व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप