जेनजी प्रदर्शनपछि काठमाडौँ परिसरका एसएसपी सहित ६ जनाको सरुवा
सारांश
- काठमाडौँमा जेनजी प्रदर्शनपछि एसएसपी सहित ६ जनाको सरुवा भएको छ।
- काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ भने रमेश थापालाई काठमाडौँ पठाइएको छ।
- डीएसपी मोहन मणि अधिकारी, सुन्दर तिवारी र प्रह्लाद कार्कीलाई पनि सरुवा गरिएको छ, जसमध्ये तिवारीमाथि प्रदर्शन नियन्त्रणमा कमजोरीको आरोप लागेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनपछि जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी सहित ६ जनालाई सरुवा गरिएको छ ।
काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । काठमाडौँमा रमेश थापालाई पठाइएको छ ।
काठमाडौँमा कार्यरत एसपीद्वय कुलदिप चन्द र अपिलराज बोहरालाई पनि सरुवा गरिएको छ । बोहरा नक्साल स्थित नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर–१ मा र चन्द कार्य विभाग अन्तर्गतको सुरक्षा सेवा व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।
पूर्व गृहमन्त्री रमेश लेखकले काठमाडौँमा दुई जना एसपी राख्न लगाएका थिए । तर, अहिले एक जना मात्रै राख्न थालिएको छ । एसपी पवन भट्टराईलाई काठमाडौँ ल्याइएको छ । उनी पाल्पामा थिए ।
त्यस्तै काठमाडौँ परिसरमा कार्यरत डीएसपीहरु मोहन मणि अधिकारी, सुन्दर तिवारी र प्रह्लाद कार्कीलाई पनि सरुवा गरिएको छ । अपरेशन कमाण्डर तिवारीले गत चैत्र १५ मा दुर्गा प्रसाईँ नेतृत्वले आयोजना गरेको प्रदर्शन र जेनजी प्रदर्शनमा भिड नियन्त्रणमा कुशलतापूर्वक भूमिका निर्वाह गर्न नसकेको आरोप छ ।
मोहन मणि अधिकारीलाई प्रहरी वृत्त स्वयम्भू र इन्टेलीजेन्स शाखामा रहेका प्रमुख कार्कीलाई नगर प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सूचना सङ्कलनमा कार्कीको भूमिका कमजोर देखिएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण