जब दुनिथ वेल्लागले श्रीलङ्काको जितपछि बुवाको निधनको खबर सुने...
सारांश
- श्रीलंकाका अलराउन्डर दुनिथ वेल्लागेका पिताको निधन भयो, जसले एसिया कप खेलिरहेका थिए।
- वेल्लागेले खेल जितेपछि बुवाको निधनको खबर सुने र घर फर्के।
- मोहम्मद नावीले दुख व्यक्त गरे, र वेल्लागेले एसिया कप छोडेर घर फर्केका छन्।
काठमाडौँ । श्रीलङ्काका अलराउन्डर दुनिथ वेल्लागेका पिता सुरंगा वेल्लागेको बिहीबार निधन भएको छ । संयोगवश, त्यही दिन दुनिथले एसिया कपको समूह ‘बी’ अन्तर्गत अफगानिस्तानविरुद्धको खेल आबुधाबीमा खेलेका थिए ।
२२ वर्षीय वेल्लागेले श्रीलंकाले ६ विकेटले जितेर सुपर फोरमा स्थान सुरक्षित गरेपछि मात्रै आफ्नो बुवाको निधनको खबर थाहा पाए । खेल सकिएलगत्तै उनी घर फर्किए ।
वेल्लाग पिताको हृदयघातका कारण निधन भएको हो । वेल्लागेले अफगानिस्तानविरुद्धको खेलमा १ विकेट लिएका थिए । उनको बुवाको निधनको खबरले अफगानिस्तानका खेलाडी मोहम्मद नावीले दुख व्यक्त गरेका छन् । उनले यो खबर सुन्दा आफूलाई सुरुवातमा विश्वास नलागेको बताए ।
वेल्लागले बलिङ गरेको पहिलो इनिङ्स अन्तिम ओभरमा मोहम्मद नावीले ५ छक्का प्रहार गरेका थिए ।
यो दुःखद घटनाले वेल्लागेले एसिया कप छोडेर घर फर्केका छन् । श्रीलंकाले एसिया कपमा कम्तीमा तीनवटा खेल खेल्न बाँकी छ ।
श्रीलंका र अफगानिस्तानबीचको बिहीबारको एसिया कप खेल वेल्लागेको पाँचौं टी–२० अन्तर्राष्ट्रिय खेल थियो र यो प्रतियोगितामा उनको पहिलो खेल थियो । उनले ३१ एकदिवसीय खेल खेलेका छन् । जसमा अगस्ट २०२४ मा कोलम्बोमा भारतविरुद्धको तेस्रो एकदिवसीय खेलमा ५ विकेट लिँदै २७ रन दिएर उनको करियरकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन् २०२३ को एसिया कपमा पनि उनले भारतविरुद्ध ५ विकेट लिँदै ४० रन दिएका थिए । जुन एकदिवसीय ढाँचामा खेलिएको थियो । उनी उक्त प्रतियोगितामा संयुक्त रूपमा दोस्रो धेरै विकेट लिने खेलाडी थिए । जसमा १७ दशमलव ९० को औसतमा १० विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण