६ महिना लामो विदापछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालयमा हाजिर
शुक्रबार, ०३ असोज २०८२, १३ : १०
सारांश
- स्वास्थ्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै डा. संगीता कौशल मिश्रा ६ महिनापछि मन्त्रालयमा हाजिर भइन्।
- डा. मिश्राले स्वास्थ्य मन्त्रालयको सचिवमा वरिष्ठता मिचेको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
- तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलको बहिर्गमनपछि डा. मिश्रा पुनः मन्त्रालय फर्केकी हुन्।
काठमाडौँ । स्वास्थ्य सचिव नियुक्ति प्रकरणमा असन्तुष्टि जनाउँदै लामो समयदेखि विदामा रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा.संगिता कौशल मिश्रा मन्त्रालयमा हाजिर भएकी छन्।
मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार बिहीबार करिब ६ महिनापछि डा. मिश्रा मन्त्रालयमा हाजिर भएकी हुन्।
जेनजी आन्दोलनका कारण केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएसँगै स्वास्थ्य मन्त्री पदबाट प्रदीप पौडेल पनि हटेपछि १२औं तहकी अतिरिक्त सचिव डा। मिश्रा मन्त्रालय फर्किएकी हुन्।
गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयको सचिवमा डा। विकास देवकोटालाई वरिष्ठता मिचेर नियुक्त गरिएको भन्दै असन्तुष्ट बनेकी उनी निरन्तर विदा थप्दै विदामा बसेकी थिइन्।
सो निर्णयविरुद्ध डा. मिश्राले सर्वोच्च अदालतमा रिट समेत दायर गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण