शनिबार मिस्टर नेपालको ग्राण्ड फिनाले, कसले जित्ला उपाधि ?
सारांश
- शनिबार काठमाडौंमा 'मिस्टर नेपाल २०२५' को ग्राण्ड फिनाले हुँदैछ, जसमा ३० युवा उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।
- प्रतियोगितामा 'मिस्टर वर्ल्ड नेपाल', 'मिस्टर ग्लोबल नेपाल' र 'म्यान अफ द वर्ल्ड नेपाल' गरी तीन विजेता छानिनेछन्।
- विजेताले 'मिस्टर वर्ल्ड २०२५' वा 'मिस्टर ग्लोबल २०२५' मा नेपालको प्रतिनिधित्वको साथै ५ लाख पुरस्कार पाउनेछन्।
काठमाडौँ । ‘मिस्टर नेपाल २०२५’ को ग्राण्ड फिनाले शनिबार आयोजना हुँदैछ । होटल सोल्टीमा आयोजना हुने प्रतियोगिताको शीर्ष उपाधिका लागि ३० युवा भिड्दैछन् । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रममा भव्य एवम् सभ्य हुने आयोजक नेक्स्ट मोडल्स नेपालका सीइओ रवि धमलाले बताए ।
देशका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रहने प्रतियोगितामा कृष्ण कसुधम नेपालगन्ज, इन्द्र ढुङ्गेल महेन्द्रनगर, रेजो नकुमार गौतम धनगढी, सन्देश गजुरेल नुवाकोट, निशान्त बुढायर कञ्चनपुर, कुशग्र गुप्ता नेपालगन्ज, सत्यम पाठक काठमाडौँ, निश्चल मानन्धर हेटौँडा, अजय रौनियार दुहबी सुनसरी, विजय स्याङ्तान मकवानपुर, अशिम बस्नेत, गिरीशरत्न शाक्य भद्रपुर झापा, प्रणिप श्रेष्ठ काठमाडौँ, अजय रिजाल धनगढी, सक्रिया घिसिङ तामाङ काठमाडौँ, सन्दीप भारती काठमाडौँ, एञ्जल गिरी धरान, आशिष गिरी अमेरिका, अष्टिन शेरचन ललितपुर, दर्पणसिंह गिरी पोखरा उपाधिका लागि भिड्दैछन् ।
त्यस्तै दिनेश गुरुङ स्याङ्जा, हिमाञ्चलराज केसी ललितपुर, निशान कार्की विराटनगर, सबल कटुवाल कटारी, उदयपुर, विशनजंग निरौला इटहरी, सुजल उपाध्याय भैरहवा, प्रकाश चौहान मोरङ, निशान्त केसी सुर्खेत, लक्ष्मणचन्द ठकुरी बैतडी र प्रभात थापा क्षेत्री नेपालगन्ज पनि उपाधिका लागि भिड्दैछन् ।
सबै प्रतियोगी स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षण सहित फाइनमा उत्रिन लागेको आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको सो प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगिता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण