बागमती सरकारद्वारा क्षतिग्रस्त संरचना पुनर्निर्माण र संस्थागत पुनःसंरचनाका लागि दुई समिति गठन
सारांश
- बागमती प्रदेश सरकारले आन्दोलनमा क्षतिग्रस्त संरचना पुनर्निर्माण र पुनःसंरचनाका लागि दुई उच्चस्तरीय समिति गठन गरेको छ।
- भौतिक पूर्वाधार विकास मन्त्रीको संयोजकत्वमा पहिलो समिति र कृषि मन्त्रीको संयोजकत्वमा दोस्रो समिति गठन गरिएको छ।
- समितिहरूले क्षतिग्रस्त संरचनाको मर्मत र प्रशासनिक खर्च कटौती लगायतका विषयमा सुझाव दिनेछन्।
हेटौँडा । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र संस्थागत पुनःसंरचनाका लागि दुईवटा उच्चस्तरीय समिति गठन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण क्षतिग्रस्त प्रादेशिक कार्यालय र अन्य निकायको व्यवस्थापन तथा संरचनागत सुधारका लागि छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको संयोजकत्वमा पहिलो समिति बनेको छ। उक्त समितिमा अर्थ मन्त्री प्रभात तामाङ, श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा, खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङ र सम्बन्धित मन्त्रालयका सचिव सदस्य रहेका छन्। समितिले आपतकालीन अवस्थालाई ध्यानमा राखी खरिद प्रक्रियाको झन्झटविना तत्काल काम अघि बढाउने व्यवस्था मिलाउनेछ।
यस्तै, अनावश्यक प्रशासनिक संरचना खारेज गर्ने र खर्च कटौतीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गरिएको छ। समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठ, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी र सचिवहरू सदस्य छन्।
यस समितिले अनावश्यक र दोहोरो प्रकृतिका सरकारी संरचना खारेज गर्ने, खर्च कटौती गर्ने र संरचनालाई चुस्त बनाउन अध्ययन गरी सुझाव दिने जिम्मेवारी पाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण