संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकता जरुरी : सिटौला
काठमाडौँ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित ‘मौजुवा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
उनले जेनजी आन्दोलनपश्चात मुलुकमा संविधान विपरीत गतिविधि भइरहेको भन्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न दलहरूबिच आपसी सहकार्यको आवश्यक भएको बताए ।
लामो सङ्घर्षपछि प्राप्त संविधानलाई जोगाउन राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अगाडि बढ्न जरुरी रहेको उनको भनाइ छ ।
उनले राष्ट्रिय एकता नै जनता, लोकतन्त्र, संवैधानिक व्यवस्था र संविधानको सुरक्षा कवच भएको उल्लेख गर्दै जनताका मुद्दा र मागलाई सम्बोधन गर्ने गरी दलहरू परिमार्जित हुन जरुरी रहेको बताए ।
सिटौलाले कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका तथा औद्योगिक–व्यापारिक क्षेत्रहरूमा आक्रमण हुँदा मुलुकको अर्थतन्त्र नै सङ्कटमा परेको बताए । भ्रष्टाचार, जनआक्रोश र सामाजिक असन्तोषलाई सम्बोधन गर्न दलहरू गम्भीर हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण