कौडासहित तीन जना पक्राउ
शुक्रबार, ०३ असोज २०८२, १५ : ४२
सारांश
- मोरङको जहदा गाउँपालिकामा प्रहरीले जुवा खेलिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा धनपालथान गाउँपालिकाका सुचित कुमार सिंहसहित अन्य दुई जना रहेका छन्।
- प्रहरीले उनीहरूको साथबाट ४८ हजार ६ सय १५ रुपैयाँ नगद र १४ थान कौडा बरामद गरेको छ।
मोरङ। प्रहरीले जुवा खेलिरहेको अवस्थामा मोरङको जहदा गाउँपालिका–४, रामचोकबाट तीन जनालाई पक्राउ गरेको छ।
जहदाको लोहन्द्रा खोला किनार नजिकैको बाँसघारीमा कौडा खेलिरहेका धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसहित तीन जनालाई बिहीबार राति पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय रङ्गेली र पोखरियाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ४८ हजार ६ सय १५ रुपैयाँ नगद र १४ थान कौडासहित नियन्त्रणमा लिएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण