रौतहटमा विभिन्न राजनीतिक दलद्वारा संविधान दिवस भव्यताका साथ मनाइयो
सारांश
- रौतहटमा विभिन्न राजनीतिक दलहरूले संविधान दिवसको अवसरमा सामाजिक, राजनीतिक कार्यक्रमहरू आयोजना गरे।
- नेकपा एमालेले वृक्षारोपणसहित विशेष कार्यक्रम गर्यो, जसमा नेता तथा कार्यकर्ताको सहभागिता रह्यो।
- नेपाली कांग्रेस र नेकपा माओवादीले पनि आ-आफ्ना कार्यक्रम गरी संविधान दिवस मनाए, र सबैले संविधानको प्रभावकारी कार्यान्वयनमा जोड दिए।
रौतहट। असोज ३ गते संविधान दिवसको अवसरमा रौतहटमा विभिन्न राजनीतिक दलहरूले सामाजिक, राजनीतिक र जनमुखी कार्यक्रम गरी संविधान दिवस भव्यताका साथ मनाएका छन्।
नेकपा एमाले रौतहट जिल्ला कमिटीले गौरस्थित पार्टी कार्यालयमा वृक्षारोपणसहित विशेष कार्यक्रम आयोजना गर्यो। केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अजय कुमार गुप्ताको प्रमुख आतिथ्य र जिल्ला अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कुन्दन कुशवाहा लगायत अन्य नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो।

यसैगरी, नेपाली कांग्रेस जिल्ला कार्यसमिति रौतहटले पनि गौरस्थित पार्टी कार्यालयमा विशेष कार्यक्रम आयोजना गरी संविधान दिवसलाई ऐतिहासिक दिनका रूपमा मनाएको छ। कार्यक्रममा मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादव प्रमुख अतिथि थिए।
कार्यक्रममा पूर्वप्रतिनिधि सभा सदस्य देबप्रसाद तिमल्सिना, मधेस प्रदेशका अर्थमन्त्री तथा पार्टी जिल्ला अध्यक्ष जितेन्द्र यादव, चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले, प्रदेश सांसद नागेन्द्र साह लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले संविधानलाई मुलुकको ऐतिहासिक उपलब्धि भन्दै यसको प्रभावकारी कार्यान्वयनका लागि सबै दल र समुदाय एकजुट हुनुपर्नेमा जोड दिए।

नेकपा माओवादीका कार्यकर्ताहरूले भने चन्द्रपुरस्थित सरकारी अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेर संविधान दिवस मनाए। माओवादी नेतृ कमला पाण्डेले संविधानले दिएको अधिकारलाई व्यवहारमा लागू गर्न सबै दलले एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण